Thursday, March 15, 2018

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो

 चैत १ – नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई ४४ रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।
नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ ।
आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन् । 

1 comment:

Fellowship.com

म्यजिक र कारको दुरघटनामा एक महिला सक्त घाइते हुनका सबै सामान्य.....

चैत ०३- भरतपुर १६, उमेश चोक र सूर्यदय चोकमा एक अपासमा ना १ ज ४५६८ म्यजिक र कार ठोकिन गई दुर्घटना भएकोले दुर्घटनामा एक महिलाको हात भचिएकोले च...